रविलाई आज पाँचौ पटक अदालत उपस्थित गरिदैं
पाेखरा | मंसिर ९, २०८१
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पाँचौ पटक कास्की जिल्ला अदालत उपस्थित गराइँदै छ ।
सहकारी ठगी अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका उनलाई गत कात्तिक २५ गते चौथों पटक १३ दिनका लागि म्याद थपिएको थियो ।
उक्त म्याथ गएराति सकिएकाले लामिछानेलाई आज फेरि कास्की जिल्ला अदालत उपस्थित गराउन लागिएको हो ।
लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
लामिछाने गोर्खा मिडियाको तत्कालिन प्रवन्धक निर्देशक हुँदा पोखराको सूर्यदर्शन सहकारीको रकम उक्त गोर्खा मिडिया प्रालिमा लगेर अपचलन गरेको आरोप उनी माथि छ ।
अहिले लामिछानेमाथि संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण लगायतका विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

